दाङमा हवाई फायर

५ बर्ष अगाडि


दाङको तुलसीपुरमा एकजनाले हवाई फायर गरेका छन् । हवाई फायर गर्नेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले बताए । कुलो सम्बन्धी विवाद हुँदा तुलसीपुर उपमहानगरपालिका–८ का पुर्ण बहादुर ओलीले गोली चलाएका हुन् । 


पूर्ण बहादुरलाई होम मेड पेस्तोलसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताए । वर्ष २४ का ओलीले सो पेस्तोल भारतबाट किनेर ल्याएको प्रहरीलाई बताएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया