काठमाडौं - थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आउने आइतबारदेखि बन्द रहेको ओपीडी सेवा पूर्ण रुपमा पुनः संचालनमा ल्याउने भएको छ ।
कोभिड–१९ को दोश्रो लहरको संक्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपीडी सेवा बन्द गरेको थियो । पछिल्लो समय कोभिड संक्रमण घटेसँगै अस्पतालमा उपचारका लागि आउने ननकोभिड बिरामीहरुको चाप ह्वात्तै बढेको अस्पतालले जनाएको छ ।
कोभिडका बिरामीको संख्या घट्नु र ननकोभिडको बिरामीको संख्या ह्वात्तै बढेपछि उनीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी निजी अस्पताल सञ्चालकहरुको छाता संगठन एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूट अफ नेपाल९अफिन०को निर्णयअनुसार ओपिडी सेवा पुनः सुचारु गर्न लागिएको अस्पतालले जनाएको छ ।
नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहका अनुसार अस्पतालमा आउने बिरामीहरुको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर पूर्ण रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित ओपीडी सेवा संचालनमा ल्याउने तयारी गरिएको छ ।
आइतबारदेखि नर्भिकमा कोभिडको दोश्रो लहर फैलिनुअघि संचालनमा रहेका बहिरंग विभाग अन्तर्गतका सबै सेवा उपलब्ध हुने सिंहले जानकारी दिए ।
प्रतिक्रिया