राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा फेरि पदमुक्त भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्न जनमोर्चा संसदीय दलले जारी गरेको ह्वीप उल्लंघन गर्दै तटस्थ बसेको भन्दै सो पार्टीले उनलाई पुनः कारवाही गरेको हो ।
राजमोले थापालाई राजनीति दल सम्बन्धि ऐन २०७३ दफा ३५ को उपदफा १ अनुसार कारवाही गरेर सांसद पदबाट हटाएको पत्र शुक्रबार संसद सचिवालयमा दर्ता भएको छ । आजकै बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उनको कारवाहीसम्बन्धी पत्र पढेर सुनाएका छन् । यसअघि नै कारवाहीमा परेका थापाको पद सर्वोच्चको अन्तरिम आदेशपछि थमौती भएको थियो ।
प्रतिक्रिया