काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याउने सम्भावना देखिएको छ। हालको जारी निषेधाज्ञा जेठ ३१ गते सकिने भएकाले अब त्यसपछि के गर्ने भन्ने विषयमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच (सिडियो) बिच छलफल भइरहेको छ ।
अवस्था विचार गरेर जेठ ३१ पछि के गर्ने भन्ने विषयमा निर्णय गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
तर कोरोना संक्रमणको अवस्था अझै सामान्य भइनसकेकाले निषेधाज्ञा लम्बिने संकेत पराजुलीलेले गरेका छन्। कोरोना महामारीको दोस्रो लहर सुरु भएयता वैशाख १६ बाट लागू निषेधाज्ञाको अवधि पटकपटक थपेर यो जेठ ३१ गते सम्म पुर्याइएको हो।
प्रतिक्रिया