आसन्न दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाका लागि अर्जेन्टिनाले राष्ट्रिय टोलीको घोषणा गरेको छ । कोपा अमेरिकाका लागि अर्जेन्टिनाले लियोनल मेस्सी, सर्जियो एगुएरो सहित २६ सदस्यीय टोलीको घोषणा गरेको हो ।
अर्जेन्टिनाले पहिलो चरणमा चिली, उरुग्वे, पाराग्वे र बोलिभियासँग खेल्ने छ। पहिलो खेलमा सोमबार चिलीसँग खेल्ने छ।
को को छन् टिममा ?
टोलीको अग्रपंक्तीमा मेस्सी, एगुएरो,लाउतारो मार्टिनेज, जोवाक्विन कोरिया र लुकास अलारियो ।
मिडफिल्डर : डी मारिया , लियान्द्रो परेडेस , गुइडो रोड्रिगुएज , जियोभानी लो सेल्सो , एक्सक्वेल पालासियोस , निकोलास गोन्जालेज , रोड्रिगो डे पल , अलेजान्द्रो गोमेज , एन्जेल कोरिया र निकोलास डोमिनगुएज रहेका छन्।
डिफेन्डर : गोन्जालो मोन्टिएल , निकोलास ओटामेन्डी, जर्मन पाज्जेला, लुकास मार्टिनेज क्वार्टा, निकोलास टाग्लियाफिको, लिसान्द्रो मार्टिनेज, मार्कस एक्युना, एटालान्टाका क्रिस्टियन रोमेरो, नाहुएल मोलिना लुसेरो
गोलकिपर : फ्रान्को अर्मानी , एलियानोव मार्टिनेज , अगस्टिन मार्चेसिन र हुँवा मुस्सो
प्रतिक्रिया