काठमाडौं - विभिन्न व्यक्तिको फेसबुक अकाउन्ट ह्याक गरी रकम असुली गर्ने गिरोहका दुई सदस्य पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको दुबही नगरपालिका–५ का २० वर्षका रीतिककुमार कलवार र इटहरी उपमहानगरपालिका–१२ खनारका २४ वर्षका सरनेद्र चौधरी रहेका छन् ।
उनीहरुले अकाउन्ट ह्याक गरी आफन्त र साथीभाइबाट रकम असुल गरको उजुरी परेपछि रोल्पा प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको हो ।
उनीहरूलाई दुई साताअघि सुनसरीबाट नियन्त्रणमा लिइएको रोल्पाका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया