१६औँ संस्करणको युरो कप फुटबल आजदेखि सुरु हुँदैछ । खेल नेपाली समय अनुसार राती १२ः४५ बजे इटालीको रोममा सुरु हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा इटाली र टर्की भिड्दैछन् । विश्व फुटबलमा बलियो रहेको इटालीसँग टर्कीले उसकै मैदानमा खेल्न लागेको हो ।
यसपटकको खेल युरोपको विभिन्न देशको ११ सहरमा आयोजना हुनेछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ सहरमा प्रतियोगिता आयोजना हुन लागेको हो ।
युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले युरो कप लण्डन, आम्स्टरडम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सबर्गमा आयोजना हुने जनाएको छ ।
जुलाई ११ मा सकिने युरो कपमा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बली रंगशालामा हुनेछ ।
प्रतिक्रिया