गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ दीपक मनाङ्गेले पदबाट राजीनामा दिएका छन् । मनाङ्गेले बिहीबार पदबाट राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिन नसकेपछि उनको मन्त्रिपरिषद्का सदस्यहरु पनि स्वतः पदमुक्त भएकाले मनाङ्गेले औपचारिक रुपमा पत्र लेखेर राजीनामा बुझाएका हुन् ।
उनले मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको उल्लेख गरेका छन् ।
उनले विपक्षी गठबन्धनको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्ने उद्देश्यले आफू बिहीबारको बैठकमा अनपुपस्थित भएको उल्लेख गरेका छन् । उनले बिहीबारबाट नै लागु हुनेगरी आफूले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया