गणेश लामालाई विना शर्त तत्काल रिहाइ नगरे निषेधाज्ञा उल्लंघन गर्ने कांग्रेसको चेतावनी

४ बर्ष अगाडि

काठमाडौं - नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले राजनीतिक प्रतिशोध साँधेर प्रहरीले नेता गणेश लामालाई पक्राउ गरेको आरोप लगाएका छन् । 

सभापति केसीले लामालाई विना शर्त तत्काल रिहाइ नगरिए शुक्रबारदेखि कांग्रेसले पोखरामा निषेधाज्ञा उल्लंघन गरेर कम्युनिष्ट सरकारको ज्यादति विरुद्ध सडक तताउने चेतावनी दिए ।

गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी घनश्याम अर्याललाई एमालेका नेता एवं नवनियुक्त गृहमन्त्री खगराज अधिकारी र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको दवावमा कांग्रेस नेता लामालाई पक्राउ गरेको कांग्रेसले आरोप लगाएको छ ।

बिहीबार अपरान्ह ४ बजे पोखराको लेकसाइडबाट कांग्रेस नेता लामासहित नेताहरू चन्द्र लामा र रमेश खड्कालाई प्रहरीले पक्राउ गरेको थियो । यस विषयमा प्रहरीले खासै केही बताएको छैन । 

लकडाउनका बेला पोखरा किन आएको हो भनेर सोधपुछ गर्न लामासहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया