गैंडा सुटर सोम गुरुङ पक्राउ

५ बर्ष अगाडि

काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जको सुरक्षा खटिएको सैनिक टोलीले गैंडा सुटर सोम गुरुङलाई पक्राउ गरेको छ । वास्तविक नाम खड्ग गुरुङ भएका सोम गुरुङलाई नवलपुरको गैंडाकोट नगरपालिका–३ बाट पक्राउ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

जेठ २५ मा चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ खड्गदल गण र निकुञ्‍ज प्रशासनको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । गैडाकोट नगरपालिका–३ स्थित डढेली घर भएका उनलाई सेनाले चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा बुझाएको छ


 

५ बर्ष अगाडि

प्रतिक्रिया