कोरिया जान रोकिएका युवाको दबाबमूलक अभियान ट्विटरको ट्रेण्डिङ्ग नम्बर एकमा उक्लियो

५ बर्ष अगाडि

काठमाडौं,  कोरिया जान नपाएका युवाले सामाजिक सञ्जाल ट्विटरबाट दबाबमूलक अभियान चलाइरहेका छन् ।

कोरियन भाषा पास परीक्षा उत्तीर्ण गरी सबै प्रक्रिया पूरा गरेर पनि कोरिया जान नपाएका युवाले कोरिया प्रक्रिया तत्काल सुचारु गर्न माग गर्दै सुरूआत गरेको ह्यासट्याग जस्टिस फर ईपीएस पासर  (#justiceforepspasser) अहिले ट्विटरको ट्रेण्डिङ्ग नम्बर एकमा पुगेको छ ।

करिब १० हजारको संख्यामा नेपाली कामदार भाषा परीक्षा पास गरेर पनि कोरिया जान पाएका छैनन् ।

अभियान शुरू गरेको केही दिनमा २७ हजार ७ सयभन्दा बढीले यस ह्यासट्यागमा ट्विट गरिसकेका छन् । पीडित युवाहरूले केही दिनदेखि प्रधानमन्त्री र पराष्ट्रमन्त्रीलाई मेन्सन गरेर ट्विट गर्ने गरेका छन् । 

उनीहरूले प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै कूटनीतिक पहल गरी रोकिएका कामदारहरूको माग पूरा गर्न समेत आग्रह गरेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया