काठमाडौं–मृत्युपछि जलाएर या गाडेर पार्थिव शरीरको अन्त्येष्टि गरिन्छ । बाँचुन्जेल शरीरलाई सक्रिय राख्ने महत्वपूर्ण अंग पनि नष्ट हुन्छन् । तर कुनै अंग बिग्रिएर मरेतुल्य बन्न पुगेकाहरुलाई मृत्युपछि नष्ट गरिने व्यक्तिका अंगहरु उपयोगी बन्छ भन्ने कमैलाई हेक्का हुन्छ ।
आँखा, मृृगौला, कलेजो, छाला, बोनम्यारोको प्रत्यारोपण नेपालमै सम्भव छ । नेपालका केही चर्चित व्यक्तित्वहरुले मरणेपरान्त अंगदान गरिसकेका छन् । कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य, काँग्रेस नेता गगन थापा, राजपा संयोजक राजेन्द्र महतो, गायिका आनी छोइङ डोल्मा, गायक योगेश्वर अमात्यलगायतले समेत अंगदान गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
प्रतिक्रिया