चितुवाको छालासहित काठमाडौंबाट २ जना  पक्राउ

५ बर्ष अगाडि

काठमाडौंको कीर्तिपुरबाट प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङ घर भएका २९ वर्षीय नारायण ठगुन्ना उर्फ सागर सिंह र दार्चुला घर भएका गिरिजा सिंह ठगुन्ना छन् । 

आरोपीहरको साथबाट एकथान चितुवाको छाला बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले  बताए ।


चितुवाको छाला कारोबारी काठमाडौंको कीर्तिपुरमा डेरा गरेर बस्दै आएका थिए । सुराकीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया