निर्मलाको पोस्टर टाँस्दा १२ जना पक्राउ

७ बर्ष अगाडि

काठमाडौँ – निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा न्यायको माग राख्दै राजधानीमा पोस्टर टाँस्ने १२ युवालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।  आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 


निर्मलाको तस्बिरसहित ‘सरकार भेटियो , न्याय भेटिएन ’ देखिएको पोस्टर माइतीघर क्षेत्रका बिजुलीका पोलमा टाँसिरहेका बेला महानगरीय प्रहरी वृत सिंहदरबारको टोलीले उनीहरुलाई पक्रेको हो । लगत्तै प्रहरीले पोस्टर च्यातेर फ्याँकेको थियो । 

पक्राउ परेकालाई सिंहदरबार बृत्तमा राखेर साँझ ६ बजे छाडिएको थियो । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया