काठमाडौं– नेपाल सरकारले गरेको आर्थिक बृद्धिदर प्रक्षेपण सम्भव नभएको विश्व बैंकले बताएको छ ।
विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट’ रिपोर्ट सार्वजनिक गर्दै नेपालले गरेको अनुमान भन्दा आधा मात्र आर्थिक वृद्धि सम्भव रहेको बताएको छ ।
बैंकले चालु आर्थिक वर्ष २०७७÷७८ का लागि २.७ प्रतिशत मात्रै आर्थिक वृद्धिदर सम्भव भएको जनाइएको छ । नेपालले चालु आर्थिक वर्षमा ४ प्रतिशतको आर्थिक वृद्धिदर र २०७८÷७९ का लागि ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको हो । विश्व बैंकले आगामी २०७८÷७९ आर्थिक वर्षका लागि नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत अनुमान गरेको छ ।
प्रतिक्रिया