स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेको विवरण अनुसार उनी र उनका श्रीमती उषाकला राईको नाममा सिन्धुपाल्चोक र मोरङका विभिन्न १४ स्थानमा जग्गा रहेको छ।
मन्त्री तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरणमा २२ तोला सुन,२० लाख रुपैयाँको शेयर, तामाङको नाममा एउटा मोटरसाइकल र उषाकला राईको नाममा एउटा कार रहेको उल्लेख छ।
मन्त्री तामाङले आफूसँग ३ वटा मोबाइल र २ वटा ल्यापटप भएको खुलाएका छन्। यस्तै तामाङको कृषि विकास बैंकमा १६ लाख र अन्यमा १९ लाख ऋण भएको उनले उल्लेख गरेका छन्। ।
तामाङले कानुनमन्त्री हुँदा काठमाडौंको गोकर्णेश्वरीमा साढे ३ आनामा बनेको एक तले घर, ३० तोला सुन, सिन्धुपाल्चोकमा केही जग्गा र श्रीमती उशाकला राईको नाममा मोरङमा भएका जग्गाहरुको विवरण सार्वजनिक गरेका थिए।
प्रतिक्रिया