भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको ३० लाख ७६ हजार सहित दुई जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको ३० लाख ७६ हजार रुपैयाँ सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुलाई रौतहटको परोहा नगरपालिका–९ रामपुरखापबाट बुधबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत मोतिहारी घोडासन बस्ने २२ वर्षीय बन्टी कुमार कलवार र सोही ठाउँ बस्ने २० वर्षीय सुरज कलवार रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया