कोभिडविरुद्धको खोप लगाउने क्रममा विवाद हुँदा रुपन्देहीमा कार्यक्रम नै स्थगित

५ बर्ष अगाडि

काठमाडौं– कोभिडविरुद्धको खोप लगाउने क्रममा रुपन्देहीका ४ ठाउँमा विवाद हुँदा कार्यक्रम नै स्थगित  भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले केही स्थानीय तहका स्वास्थ्य चौकीमा विवाद हुदा खोप कार्यक्रम स्थगित भएको बताए ।

रुपन्देहीमा ६२ देखि ६४ वर्ष उमेर समूहका १४ हजार ५५ जनालाई १६ वटा पालिका मार्फत् ६९ वटा खोप केन्द्रमा मंगलबार र बुधबार चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसेल खोप लगाउने कार्यक्रम तय भएको थियो ।

 खोप लगाउन सुरु गर्दा लक्षित उमेर भन्दा कम उमेरका व्यक्तिलाई खोप लगाइएपछिको उत्पन्न विवादले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउपालिका र मर्चवारी गाउँपालिकामा बुधबारको खोप कार्यक्रम स्थगित हुन पुगेको हो । केही जनप्रतिनिधिले आफन्त, पार्टी निकटकालाई खोपमा प्राथमिकता दिएपछि विवाद  भएको  जनाइएको छ । 

ओमसतिया गाउँपालिका एकजना वडा अध्यक्षले आफन्त र पार्टी कार्यकर्तालाई तोकिएको सरकारी मापदण्ड विपरीत खोप लगाउन दबाब दिएपछि त्यहाँ विवाद भएको  हो ।

रुपन्देहीका स्वास्थ्य कार्यालय प्रमुख डा।राजेन्द्र गिरीले आवश्यकता भन्दा कम परिमाणमा खोप आउनु र कतिपय ठाउमा लक्षित उमेर भन्दा कम उमेरकाले खोप लगाएपछि विवाद भएको बताए । उनले विवाद स्थानीय तहले मिलाउने र अव उमेर समूहकाले मात्र लगाउने गरी अगाडि बढेको बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया