काठमाडौ, प्रहरीले ३० लाख ७६ हजार रुपैयाँ सहित भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेका दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले रौतहटको परोहा नगरपालिका–९ रामपुरखापबाट बुधबार बिहान पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत मोतिहारी घोडासन बस्ने २२ वर्षीय बन्टी कुमार कलवार र सोही ठाउँ बस्ने २० वर्षीय सुरज कलवार रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया