नेपाल–भारत सीमा क्षेत्रबाट एक करोड बढी रकम बरामद

५ बर्ष अगाडि

काठमाडौं - नेपाल–भारत सीमा क्षेत्रबाट प्रहरीले चालु आर्थिक वर्षमा एक करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम बरामद गरेको छ ।

भारतीय सीमा क्षेत्रबाट नेपाल भित्र्याउँदै गरेको अवस्था १ करोड १७ लाख ८६ हजार रुपैयाँ स्रोत नखुलेको रकम बरामद भएको प्रहरीले जनाएको छ । 

प्रहरीको चेकजाँचका क्रममा ९ पटक यसरी श्रोत नखुलेका रकम बोक्ने गिरोहका १२ जना पक्राउ परेको बताइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया