काठमाडौं - स्रोत नखुलेको ३० लाख रुपैयाँसहित रौतहटबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्लाको घोडासान बस्ने बन्टीकुमार कलवार र सुरज कलवार रहेका छन् ।
बीआर ०५ आर ४५२१ नम्बरको भारतीय मोटरसाइकल चढेर आउँदै गरेको समयमा परोहा नगरपालिका–९ रामपुरखापमा चकेजाँच गर्ने क्रममा उनीहरुको साथबाट स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएकोे छ ।
प्रतिक्रिया