काठमाडौँ- राजधानीको काठमाडौँ मल अघि पैदल यात्रीलाई अन्धाधुन्द ठक्कर दिने गाडीका चालकले ब्रेक लगाउँदा लगाउँदै गाडी हुत्तिएको बताएका छन्।
बा १८ च ४८७३ नं को कारले बिहिबार दिउँसो सबा ३ बजे नेपाल वायु सेवा निगमको पार्किङस्थलमा राखेको गाडी निकाल्ने क्रममा अनियन्त्रित भई ठक्कर दिँदा सडक पेटीमा बस कुरिरहेका १३ सार्वसाधारण घाइते भएका थिए ।
घाइतेमध्ये दुई जनाको ट्रमा सेन्टरमा उपचार भईरहेको छ। एक जनाको नर्भिक र एक जनाको ग्रान्डीमा उपचार भईरहेको छ। उनिहरु खतरामुक्त रहेको प्रहरीले जनाएको छ। महाबौद्धमा ब्यापार गर्दै आएका ५० वर्षीय चालक भेषराज पौडेलले चलाएको उक्त निजी कार पार्किङस्थलबाट बाहिर निकाल्नेक्रममा हुत्तिएको थियो। पार्किङ स्थलबाहिर सडकमा भेषराजका श्रीमती र साली गाडी चढ्न कुरेर बसेका थिए।
‘ब्रेक लगाउँदा लगाउँदै गाडी अगाडी हुत्तियो’, सोधपुछका क्रममा भेषराजले भनेका छन्।
प्रतिक्रिया