वीरगञ्ज – पर्सा जिल्लामा जारी रहेको निषेधाज्ञा उल्लंघन गरि पसल खोल्ने १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
निषेधाज्ञाको समयमा अति आवश्यक बाहेकका पसलहरू नखोल्ने निर्देशन विपरित वीरगञ्ज महानगरपालिकामा पसल खोल्ने १६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा निषेधाज्ञाको समयमा स्टेशनरी पसल, सिलाई कटाई पसल, ईलेक्ट्रोनिक, पान भण्डार, हार्डवेयर सप्लायर्स लगायतका पसलहरु खोल्ने व्यक्तिहरु रहेका छन् ।
प्रतिक्रिया