निर्मालाको न्यायका लागि पोस्टर टाँस्दै हिँड्ने १२ पक्राउ

७ बर्ष अगाडि

काठमाडौं : कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने हत्यारालाई पक्राउ गर्नाका लागि दबाब सिर्जना गर्न ठाउँठाउँमा पोस्टर टाँस्दै हिँडेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार काठमाडौंको माइतीघर मण्डलाको बिजुलीका पोल लागायतमा पोस्टर टास्दै हिँडेका युवालाई प्रहरीले पक्राउ गरेको हो।

गत मंगलबार सामाजिक सुरक्षा आयोजनाको प्रचारका लागि प्रधानमन्त्रीको तस्बीरसहित नयाँ युगको शुभारम्भ लेखिएको पोस्टर र ब्यानर टाँसिएको थियो।

सरकारलाई चुनौति दिँदै त्यसैको ठीक एक दिनपछाडि निर्मालाको न्यायका लागि आवाज उठाउँदै आएका स्वतन्त्र युवाको समूहले निर्माला पन्तको श्यामस्वयत तस्बिरसहित सरकार भेटियो न्याय भेटिएन भन्ने नारा लेखिएका पोस्टर टाँसेका थिए।

त्यसैलाई शुक्रबार पनि निरन्त्रता दिन स्वस्फूर्त रूपमा माइतीघरमा जम्मा भएका अभियानताहरूमध्ये १२ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सामाजिक अभियान्ता प्रीतम सुवेदी, सिर्जना विश्वकर्मा छवि पंगेनी भावना राउत लगायत रहेको छन्। पोस्टर टाँस्दै हिँडेका उनीहरूलाई माइतीघर मण्डलाबाट पक्राउ गरी सिंहदरबारस्थित प्रहरी वृत्तमा लगिएको बताइएको छ।   गत साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी निर्मलाको भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो।

हत्या भएको चार महिना बितिसक्दा पनि उनको हत्याराको पत्ता लाग्न सकेको छैन। प्रमाण नष्ट गरेको आरोपमा दुई प्रहरी अधिकारलाई सरकारले बर्खास्त गर्नुका साथै यसबीचमा आधा दर्जनजतिको डिएनए परीक्षण पनि गरिसकिएको छ। डिएनएको नतिजा भने नकारात्मक देखिएको थियो।

उनको हत्यारालाई पत्ता लगाउन माग गर्दै विभिन्न ठाउँमा सरकारलाई दबाव दिन स्वतन्त्र दबाबमूलक कार्यक्रम हुँदै आएको छ। निर्मलाको हत्यारालाई कारवाहीको माग गर्दै धर्नामा बसेका उनका बुबा यज्ञराज पन्तलाई मानसकि समस्या देखिएपछि उनको अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार हुँदैछ। न्यायका लागि निर्मलाकी आमा भने कञ्चनपुरमै धर्नामा छन्। थाहा खबरबाट

७ बर्ष अगाडि

प्रतिक्रिया