मलामी गएका ३ युवालाई बुढीगण्डकीले बगायो

५ बर्ष अगाडि

 मलामी गएका तीन युवा बेपत्ता भएका छन्। धादिङको मैदीमा मंगलबार मलामी गएका  तीन युवा  बुढीगण्डकीमा बगेर  बेपत्ता भएका हुन् । 

बेपत्ता हुनेमा  ज्वालामुखी गाउँपालिका–२ ठूलो चौरका २२ वर्षीय सुवास नेपाली, २२ वर्षीय दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली  रहेका छन्। 

गर्मी भएपछि नुहाउन नदीमा पसेका उनिहरु नुहाउने क्रममै बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

 उनीहरूमध्ये एक जना बाहिर आउन सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जागेश्वर भण्डारीले बताए। उनीहरूको खोजी जारी रहेको भण्डारीले बताए। 

५ बर्ष अगाडि

प्रतिक्रिया