नेपालमा ३२ लाख ४८ हजार बढिमा कोरोना परीक्षण गर्दा ६ लाख ११ हजार बढिमा पुष्टि, ५ लाख ४ हजार बढि डिस्चार्ज

५ बर्ष अगाडि

काठमाडौं - नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या पाँच लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा ५ लाख ४ हजार ५३० जना कोरोना मुक्त भएका छन् । 

नेपालमा हालसम्म ३२ लाख ४८ हजार ५९२ नमुना परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये हालसम्म ६ लाख ११ हजार ३०८ जनामा कोरोना पुष्टि भएको छ ।

साथै पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना संक्रमित थपिएका छन् । यही अवधिमा ६ हजार ५७० जना निको भएका छन् ।

थप १०८ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया