काठमाडौं– काठमाडौँ र रुपन्देहीमा २ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोट बस्ने ५२ वर्षीया बैश्णबी फुयाल सोही ठाउँस्थित जग्गामा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी रुपन्देहीको देवदह नगरपालिका–५ खैरेनी बजार कार्की नास्ता पसल अगाडि करिब ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया