गत वर्ष मात्र २ हजार भन्दा बढी बलात्कारका घटना दर्ता, लकडाउनमा मात्र ७ सय १७ घटना

५ बर्ष अगाडि

काठमाडौ, गत वर्षमा मात्र नेपालमा २ हजार भन्दा बढी बलात्कारका मुद्दा दर्ता भएका छन ।

एक रिपोर्ट अनुसार गत वर्ष ०७६र७७ मात्र नेपालका ७ प्रदेशका विभिन्न स्थानबाट कुल २ हजार १४४ वटा बलात्कारका मुद्दा दर्ता भएका हुन । 

मुलुक भर ७ प्रदेशमा गरि उक्त मुद्दाहरु दर्ता भएका हुन । रिपोर्ट अनुसार सबैभन्दा बढी मुद्दा प्रदेश नम्बर १ मा भएका छन । प्रदेश नम्बर १ मा गत एक वर्षमा ४ सय ८५ बलात्कारका मुद्दा दर्ता भएका छन । 

यस्तै, सोही अवधीमा दुइ नम्बरमा सबैभन्दा बढी बलात्कारका घटना लुम्बिनी प्रदेशबाट सार्वजनिक भएका छन । लुम्बिनी  प्रदेशमा गएको वर्ष मात्र ३ सय ४८ बलात्कारका मुद्धा दर्ता भएका थिए । 
 
यसैगरी, प्रदेश नम्बर २ मा २ सय ८८, बागमति प्रदेशमा २ सय ५६, गण्डकी प्रदेशमा १ सय ६१, कर्णाली प्रदेशमा १ सय ३९ र सुदुरपश्चिम प्रदेशमा २ सय बलात्कारका मुद्दा दर्ता भएका छन ।

त्यसैगरी गएको वर्षको लकडाउनमा मात्र ७ सय १७ वटा बलात्कारका घटना दर्ता भएका थिए । गएको चैत ११ गते देखि साउन १० गतेसम्ममा उक्त मुद्दा दर्ता भएका थिए । 

 गएको चैत ११ गते देखि साउन १० गतेसम्ममा मात्र प्रदेश नम्बर १ मा १ सय ६९, प्रदेश नम्बर २ मा ९८, बागमति प्रदेशमा ६८, गण्डकी प्रदेशमा ५३, लुम्बिनी प्रदेशमा १ सय २३, कर्णाली प्रदेशमा ४५ र सुदुरपश्चिम प्रदेशमा ७९ वटा बलात्कारका घटना दर्ता भएका थिए ।

बलात्कारका घटना किन बढिरहेछ भन्नेबारे खासै अध्ययन भएको छैन। आमसञ्चार र सामाजिक सञ्जालमा आएका टिप्पणी हेर्दा गरिबी, बेरोजगार, अशिक्षा, वैदेशिक रोजगार, अश्लील चलचित्र र पुरुषप्रधान सोच आदिका कारण बलात्कार हुन्छ भन्ने मान्यता स्थापित भएको देखिन्छ। तर समाजशास्त्रीहरू भने अपराधमा संलग्न व्यक्तिहरूको पृष्ठभूमिदेखिकै अध्ययन गर्नुपर्नेमा जोड दिन्छन्। 

यससँगै बालबलात्कारको घटना पनि कहालिलाग्दो छ। विडम्बना कस्ता मानिस बालयौन दुर्व्यवहारमा संलग्न हुन्छन् भन्ने अनुसन्धान भने भएको छैन। केन्द्रीय बालकल्याण समितिको रिपोर्टअनुसार २०७२ मा भएका ४४ बालयौन दुव्र्यव्यहारका घटनामध्ये ४८ प्रतिशत अपरिचित व्यक्तिबाट, ४१ प्रतिशत चिनजानका व्यक्तिबाट, ११ प्रतिशत हाडनाताका व्यक्तिबाट बलात्कारका घटना भएका छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया