मुख्यमन्त्री त्रिलोचन भट्ट विश्वासको मत पाउन सफल

४ बर्ष अगाडि

सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री त्रिलोचन भट्टले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्।

मङ्गलवार भएको मतदानमा उनको पक्षमा ३० मत परेको थियो।

मतगणना सम्पन्न भएपछि भट्टले विश्वासको मत प्राप्त गरेको घोषणा गर्दै सभामुख अर्जुनबहादुर थापाले भने, 'मतदानमा उपस्थित ५१ मध्ये ३० मत परेको र कायम भएको सङ्ख्याको बहुमत भएकाले विश्वासको मत प्राप्त गरेको घोषणा गर्दछु।'

उनले पाएको मतमध्ये माओवादीबाट १३ र बाँकी १७ मत छ। विपक्षी नेपाली कांग्रेस मतदानमा सहभागी भएन भने नेकपा एमालेका माधव नेपालपक्षीय सांसदहरूले उनलाई मत दिएका थिए। बिबिसि 

४ बर्ष अगाडि

प्रतिक्रिया