भौतिक पूर्वाधारमन्त्री सोडारीमाथि कार्यकक्षमा अभद्र व्यवहार

५ बर्ष अगाडि

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीमाथि अभद्र व्यवहार भएको छ । साँझ ७ः ३० बजे कञ्चनपुरका राजेन्द्र रावलले मन्त्रीको कार्यकक्षमा प्रवेश गरी अभद्र व्यवहार गरेका हुन् ।

मन्त्री सोडारीका स्वकीय सचिव ललित बोहोराका अनुसार अंगरक्षक र निजी सचिवालयलाई छल्दै रावल कार्यकक्षभित्र पसेका थिए । मन्त्री सोडारी बजेटसम्बन्धी छलफलमा व्यस्त रहेको मौका पारेर अभद्र व्यवहार गरेको  बोहरा भनाइ छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया