निर्माण व्यवसायी तथा शर्मा एण्ड कम्पनीका संस्थापक अध्यक्ष राधाकृष्ण शर्माको निधन भएको छ ।
८५ वर्षिय शर्माको काठमाडौंको बयोधा अस्पतालमा उपचारको क्रममा मंगलवार विहान मस्तिष्काघातबाट निधन भएको हो
उनको पटक–पटक परीक्षण गर्दा कोरोना संक्रमण पनि नेगेटिभ आएको अस्पताल श्रोतले बताएको छ ।
उनको श्रीमती, एक छोरा (कम्पनीका प्रवन्ध निर्देशक रमेश शर्मा) र तीन जना छोरीहरु रहेका छन्
स्वर्गीय शर्माको आजै पशुपतिनाथस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।सन् १९६६ मा उनले शर्मा एण्ड कम्पनी स्थापना गरेका थिए ।
प्रतिक्रिया