काठमाडौं– नेपाल धितोपत्र बोर्डको २९ औं बार्षिकोत्सव कार्यक्रम आज हुने भएको छ । कोरोना महामारीका कारण भर्चुअल माध्यम बाट हुने कार्यक्रम बिहान १०ः ३० बजे बाट सुरु हुने छ ।
बार्षिकोत्सवमा अध्यक्षको प्रतिवेदन, आर्थिक वर्ष २०७७÷०७८ को पत्रकारिता पुरस्कारको घोषण गर्ने कार्यक्रम रहेको छ । बोर्डका अनुसार पूँजी बजार तथा बस्तु बजार सम्बन्धी विषयका उत्कृष्ठ तीन शोधपत्रहरुको घोषण गर्ने कार्यक्रम रहेको छ ।
साथै अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको तर्फ बाट आर्थिक लेख विषेशाङ्क २०७८ को विमोचन तथा शुभकामना सन्देश दिने कार्यक्रम रहेको बोर्डले जनाएको छ ।
प्रतिक्रिया