काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बनेपा नगर समितिले कोरोना महामारीको निषेधाज्ञाका कारण समस्यामा परेकाहरूलाई राहत वितरण गरेको छ । नगर समितिले उनीहरूलाई दाल, चामल, तेल, नुन, साबुन लगायतका सामाग्री वितरण गरेको हो ।
माओवादी केन्द्रका जिल्ला सदस्य भोला प्रसाद अर्यालले रोगले भन्दा पनि खाद्यान्न अभावले हातमुख जोड्न समस्यामा परेकाहरूको पहिचान गरि राहत वितरण गरिएको जानकारी दिएका छन् ।
यस्तै नेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघ बनेपा नगर कमिटी इन्चार्ज राजन अधिकारीले कोरोना सङ्क्रमणको लहर बढिरहेको अवस्थामा संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय प्रशासनले गरेको बन्दा बन्दीका कारण दैनिक छाक टार्नसमेत धौ–धौ भएका २५ भन्दा बढी परिवारलाई राहत वितरण गरिएको बताए ।
शहरी क्षेत्रमा दैनिक रुपमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकाहरू मध्ये विशेष गरी नगर क्षेत्र सिल गरेपछि कोठामा खाद्यान्न सकिएर समस्यामा परेका श्रमिकहरूलाई राहत वितरण गरिएका हुन् ।
उक्त अभियानमा सामान ढुवानीका लागि यातायातको व्यवस्थापन आर.पि.फर्निचरका सञ्चालक पुरुषोत्तम नेपालले गरेका थिए ।
प्रतिक्रिया