१७ कम्पनीको शेयरमुल्यमा उछाल, तीन कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौ- कारोबारको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा १७ कम्पनीको शेयरमुल्यमा उछाल आएको छ ।

आज आइसीएफसी फाइनान्स, पोखरा फाइनान्स र सेन्ट्रल फाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । यी तीन कम्पनीको  शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो भने बाँकी कम्पनीको शेयरमुल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।

कामना सेवा विकास बैंक, श्री इन्भेष्टमेण्ट फाइनान्स, गुडयुल फाइनान्स, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट,  गोर्खाज फाइनान्स, मन्जुश्री फाइनान्स, रादी हाइड्रोपावर, समृद्धि फाइनान्स, रिलाइन्स फाइनान्स, नेशनल हाइड्रोपावर , युनिभर्सल पावर, दिव्यश्वरी हाइड्रोपावर र  सांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया