काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् ।
एमाले नेता माधवकुमार नेपालसँगको छलफल सकेर प्रचण्ड देउवा निवास पुगेका हुन् । प्रचण्ड र नेपालबीच करिब पौने एक घण्टा कोटेश्वरमा वार्ता भएको थियो ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेपछि नेता नेपाल छलफलमा जुटेका हुन् ।
ओलीको प्रस्तावमा पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने, त्यसका लागि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षका सांसदले गरेको हस्ताक्षर फिर्ता हुनु पर्ने शर्त राखिएको छ ।
नेपाल पक्षलाई फकाउने ओलीको प्रयाससँगै विपक्षी गठबन्धनमा रहेका नेता नेपालसँगै प्रचण्ड र देउवा छलफलमा सक्रिय भएका हुन् ।
प्रतिक्रिया