अन्तर्राष्ट्रिय हवाइ भाडा घट्यो, कति प्रतिशत ?

५ बर्ष अगाडि

काठमाडौं - नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य २० प्रतिशतले घटाएको छ ।

आयल निगमले इन्धनको मूल्य घटाएसँगै हवाइ भाडा समेत घटेको छ । नेपाल वायुसेवा निगमले १५ प्रतिशतसम्म हवाइ भाडा घटाएको हो ।

वायुसेवा निगमका अनुसार एयरबस ३३० वाइडबडी जहाजको प्रति २ हजार ६० डलरले भाडा घटाइएको छ । यसअघि प्रतिघण्टा १५ हजार ५ सय २० अमेरिकी डलर लिँदै आएको निगमले अब १३ हजार ४ सय ६० अमेरिकी डलरमा झरेको जानकारी दिएको छ ।

त्यस्तै न्यारोबडी जहाजमा ७ हजार ७ सय १० डलर रहेकोमा अब ६ हजार ५ सय ८० डलरमा झरेको छ । चार्टरमा वाइडबडीको १३ प्रतिशत र न्यारोबडीमा १५ प्रतिशतले हवाइ भाडा घटेको निगमले जनाएकोे छ । 

निगमले नियमित उडान सुरु भएसँगै भाडा समेत समायोजन गर्दै जाने बताएको छ । नेपालमा अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य सर्वाधिक महंगो भएको वायुसेवा कम्पनीले आवाज उठाउँदै आएका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया