विनोद चौधरीको कम्पनीमा लफडा: मजदुरले दिए यस्तो चेतवानी

७ बर्ष अगाडि

काठमाडौं – विनोद  चौधरीलाई नेपामला नचिन्ने मान्छे कमै होलान् । तर चौधरीले देशका लागि के दिएका छन् र उनले के गरेका छन् भन्ने पनि आम मानिस सबैलाई जानकारी नै रहेको छ ।

चौधरी समूहको लगानी रहेको हिमाल हाइड्रोले चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनीले निर्माण गरिरहेको साञ्जेनमा समेत गतिलो काम गरेको छैन । आयोजनाको काम रोकिएको छ । लागत बढेको छ , समय पनि बढेको छ । जसका कारण रसुवामा निर्माणमा रहेको  माथिल्लो साञ्जेन र साञ्जेन जलविद्युत् आयोजनामा समस्या देखिएको छ । आयोजनामा काम नगर्ने र केवल भुक्तानी मात्रै लिन खोज्ने प्रवृत्ति चौधरी समूहको हिमाल हाइड्रोले गरेको छ । ठेकेदारको रुपमा रहेको हिमाल हाइड्रोको ज्यादतीलाई रोक्ने तर्फ नेपाल विद्युत् प्राधिकरणले समेत कुनै कदम चालेको छैन ।

तर अरुलाई दूःख दिदा आफूले पनि दुःख पाइन्छ भन्ने कुराको राम्रै ज्ञान चौधरी समूहलाई भएको हुनुपर्छ । किनकी पर्वतमा निर्माणाधिन आयोजनामा चोधरी समूहलाई स्थानीयबासीले राम्रै हैरानी दिएका छन् ।  चौधरी समूहले  पर्वतमा निर्माण गरिरहेको १५.१ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण दुई दिनदेखि ठप्प भएको छ ।

आयोजनामा कार्यरत मजदूरले आन्दोलन गरेपछि बुधबारदेखि निर्माण रोकिएको हो । मजदूर आन्दोलनका कारण सुरुङ, जलविद्युत् गृह, इन्टेकलगायत संरचना निर्माण प्रभावित भएको बताइएको छ ।

आयोजनाको सुरुङमा विष्फोटनका लागि माटाको लोला भर्ने काममा संलग्न मजदूरलाई निष्कासन गरिएपछि विरोधले चर्को रुप लिएको हो । जसका कारण आयोजनाको निर्माण कार्य रोकिएको छ ।

मजदुरले चौधरीलाई सबक सिकाएरै छाड्ने दुढता लिएका छन् ।

मजदुर निष्कासन गरिएपछि उनीहरुलाई पुर्नबहाली गर्नुपर्ने माग मजदूर युनियनको छ । आयोजनाले भने सुरुङमा विष्फोटनको काम सकिएको र निर्माण अन्तिम चरणमा पुगेका कारण माटोको लोला भर्नु नपर्ने हुँदा कर्मचारी निष्काशन गरिएको कुर्तक गरेको आन्दोलनकारीले बताएका छन् ।

आयोजना प्रमुख निरञ्जनकुमार राउतले काम नभएका कारण असारदेखि नै तलब निकासा नभएकाले दशैँपछि निष्कासन गरिएको कुतर्क गरेका छन् । मजदुर निकालेर ज्यादती गरेको आन्दोलनकारीको भनाइ छ ।

काम नभएका कारण मजदूर निष्कासन गरिएको हो, आयोजना प्रमुख राउतले भनेका छन् ।

पर्वतको मोदी गाउँपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भइरहेको आयोजनाको दुई हजार ७०० मिटर सुरुङमध्ये दुई हजार ४०० मिटर सुरुङ निर्माण सकिएको छ । बाँकी भागमा विष्फोटन नगरी निर्माण अघि बढाइएको छ ।

आयोजनाको निर्माण विसं २०७१ मङ्सिरदेखि शुरु भएको थियो । तर काम नगरी आयोजनाको लागत बढाइदै लगिएको छ ।

कास्कीको वीरेठाँटी र पर्वतको भुकताङ्लेको सिमानामा पर्ने सिमखेतमा बाँध निर्माण गरी पर्वतको देउपुर–२ बेतेनीसम्म दुई हजार ६९३ मिटरको सुरुङमार्फत ल्याइएको पानी ७७ मिटर लामो टेलेरेसमार्फत मोदीखोलामा मिसाउने योजना रहेको बताइन्छ । ।

यहाँ उत्पादित विद्युत् चार किमी लामो प्रसारण लाइनमार्फत देउपुर–पोखरा १३२ केभी सबस्टेशन देउपुरमा जडान गरिनेछ । उक्त प्रसारण लाइन र सबस्टेशन निर्माणको प्रक्रिया भने केही समय पहिले देखि मात्रै सुरु गरिएको छ । आयोजनामा प्राइम बैंकको नेतृत्वमा सात बैंकले लगानी गर्ने गरेका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया