आजबाट भारतमा लकडाउन खुकुलो, के-के गर्न पाइन्छ ?

५ बर्ष अगाडि

एजेन्सी – भारतमा कोरोना महामारीको दोस्रो लहरको कहर बिस्तारै कम हुँदै गएको छ । अवस्था सुध्रिन थालेपछि अधिकांश राज्य सरकारहरुले लकडाउनलाई खुकुलो बनाउन थालेका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा लकडाउन एक साताका लागि थपिएको त छ । तर, मुख्य मन्त्री अरबिन्द केजरीवालको सरकारले यसपटक धेरै कुरामा छुट दिएको छ ।

दिल्लीमा आजदेखि धेरै कुरा खुकुलो पार्दै थप एक साताका लागि लकडाउन बढाइएको छ । दिल्लीमा बजार, मल, शपिङ कम्प्लेक्स (जोर–विजोरका आधारमा बिहान १० बजेदेखि राति ८ बजेसम्म) खुल्लने छन् ।

साना किराना पसलहरु पनि बिहान १० बजेदेखि राति ८ बजेसम्म खुल्ने छन् । सरकारी कार्यालयहरु पनि आजदेखि खुल्ने छन् । साथै उच्च तहका कर्मचारी शत प्रतिशत क्षमतामा तथा बाँकी ५० प्रतिशत क्षमतासहित काम गर्न पाउने छन् ।

नीजि कार्यालयहरु आफ्नो ५० प्रतिशत क्षमतासहित बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुला हुनेछन् । दिल्ली मेट्रा पनि आजदेखि ५० प्रतिशत क्षमतासहित चल्न पाउने छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया