एजेन्सी - उत्तर कोरियाले नयाँ कानुन जारी गरेको छ । किम जोङ उनले विदेशी प्रभाव आफ्नो देशमा भित्रन नदिन उक्त कानुन जारी गरेका हुुन् ।
नयाँ कानुन अनुसार उत्तर कोरियामा विदेशी चलचित्र प्रदर्शनीमा रोक लगाइएको छ । यस्तै विदेशी कपडा प्रयोग गर्नेले कानुनी कारवाहीको भागीदार हुनुपर्ने नयाँ कानुनी व्यवस्था गरिएको छ ।
साथै अवैध भिडियो हेरेमा मृत्यु दण्ड दिने नयाँ कानुनमा उल्लेख रहेको बीबीसीले जनाएको छ । इन्टरनेटमा राज्यको नियन्त्रण कायमै राखिएको छ ।
सरकारी सञ्चारमाध्यमबाहेक अन्य सञ्चारमाध्यम सञ्चालनमा रोक लगाइएको छ । लामो समयदेखि नाकाबन्दीको सामना गरिरहेको उत्तरले गत वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको असरका बारेमा हालसम्म पनि आधिकारीक सूचना बाहिर ल्याएको छैन ।
प्रतिक्रिया