काठमाडौं– सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कप फुटबलका छनोट खेलमा आज नेपालले कुवेतमा जोर्डनसँग खेल्दै छ ।
नेपाल अबदुल्लाह अलमुताइरीको प्रशिक्षण र किरण चेम्जोङको कप्तानीमा युवा खेलाडीको बाहुल्यता रहेको टोलीका साथ मैदानमा उत्रिनेछ ।
यसअघि गएको बिहीबार भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले हराएको थियो । उक्त खेलमा अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका थिए ।
नेपालले हालसम्म जोर्डनसँग ३ पटक खेलेको छ । नेपालले जोर्डनसँग कुल १३ गोल व्यहोर्दा १ गोल मात्र गर्न सकेको छ । सन् २०११ मा विश्वकप छनौटकै खेलमा जोर्डनले नेपाललाई ९–० ले हराएको थियो ।
त्यसपछि घरेलु मैदानमा १–१ को बराबरीमा रोक्न सफल नेपालले यसै विश्वकप छनौटको अघिल्लो खेलमा ३–० को हार व्यहोरेको थियो ।
समयअनुसार बेलुका पौने १० बजेदेखि सुरु हुनेछ । खेलको कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
प्रतिक्रिया