कपिलवस्तुमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो

५ बर्ष अगाडि

काठमाडौं– कपिलवस्तुमा जेठ ३१ गतेसम्म निषेधाज्ञाको समय थपिएको  छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयद्धरा जारी विज्ञप्तिमा उल्लेख छ ।

जिल्लामा पछिल्लो निषेधाज्ञाको समय २४ गते राति १२ बजे सकिँदैछ । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्र गतिले फैलिरहेकाले त्यसको नियन्त्रण गर्न निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए । जिल्लामा बैशाख २१ गते देखि निषेधाज्ञा जारी गरिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया