काठमाडौ, पछिल्लो २४ घण्टामा ३ हजार ४७९ जना संक्रमित थपिएका छन्। पिसिआर परीक्षणमार्फत ३ हजार २४ र एन्टिजेन परीक्षणका क्रममा ४५५ जनामा संक्रमण देखिएको हो।
यस दिन ९९ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ८९ हजार २१७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कोरोनाबाट मुक्त हुनेको दर ८३.५ प्रतिशत रहेको छ।
आइतबार काठमाडौं उपत्यकामा १ हजार १३१ जना संक्रमित थपिएका छन्। जसअनुसार काठमाडौं जिल्लामा ७३१, भक्तपुरमा १४६ र ललितपुरमा २५४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया