शिक्षकको योग्यता स्नातक हुनुपर्ने सुझाव

७ बर्ष अगाडि

काठमाडौँ – उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले विद्यालय शिक्षकको न्यूनतम योग्यता स्नातक तह निर्धारण गर्न सरकारलाई सुझाएको छ । 
आधारभूत तहमा स्नातक र माध्यमिक तहमा स्नातकोत्तर उत्तीर्णलाई शिक्षक बनाउनुपर्ने आयोगको ठहर छ । 

कक्षा १–८ लाई आधारभूत तह र ९–१२ लाई माध्यमिक तह बनाइएको छ । मावि शिक्षक स्नातकोत्तरमा कम्तीमा प्रथम श्रेणी वा ‘बी प्लस’ भन्दा माथिल्लो ग्रेड प्राप्त हुनुपर्ने आयोगको सुझाव छ ।

अन्य संकाय अध्ययन गरेका विद्यार्थीलाई पनि शिक्षक हुने बाटो खुला राख्नुपर्नेमा जोड दिइएको छ । हाल शिक्षा संकाय पढेका विद्यार्थीले मात्रै लाइसेन्स परीक्षा पास गरेर शिक्षक हुन पाउने कानुनी व्यवस्था छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया