काठमाडौ - हुण्डी कारोबार गरेको आरोपमा तीन लाखसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ६ का ३९ वर्षीय अमित कुमार गुप्ता रहेका छन् । उनको साथबाट ना।२८ प ५७५८ नम्बरको ग्ल्यामर मोटरसाईकल र लुकाएर राखेको नगद तीन लाख रूपैयाँ बरामद गरेको छ ।
साथै उनीमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया