काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबारको दोस्रो घण्टा नेप्से परिसुचक ४८.१५ अंकले बढेको छ ।
दुई घण्टाको अवधीमा परिसुचक ४८.१५ अंकले बढेर २९०४.९४ को बिन्दुमा पुगेको छ ।
नेप्सेमा आज २११ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ६१ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ११२ शेयरमूल्य घटेको छ । ८ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा २११ कम्पनीका २ करोड ८ लाख २८ हजार ६६९ कित्ता शेयर १० अर्ब १५ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रु. ८४ करोड ४३ लाख बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया