काठमाडौं - सामाजिक सुरक्षा कोषमा आवद्ध संगठित संस्थाहरूले खल्ती डिजिटल वालेटमार्फत सिधै रकम जम्मा गर्न सक्ने भएका छन् ।
खल्तीले नेपालमा गरिने हरेक भुक्तानीलाई डिजिटाइज गर्ने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो । खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक, जोनाम भुर्तेल र सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक, कपिलमणि ज्ञवाली बीचको सम्झौतामा हस्ताक्षर भएपछि उक्त सेवा कार्यान्वयनमा आएको हो ।
यस अन्तर्गत अब सामाजिक सुरक्षा कोषमा सरकारी र प्राइभेट कार्यालयमा कार्यरत दुवै किसिमको कर्मचारीहरुले आफ्नो मासिक आम्दानीबाट निश्चित रकम खल्ती वालेटबाट सजिलै भुक्तानी गर्न सक्नेछन् ।
उक्त रकम हरेक महिनाको १५ गते भित्र भुक्तानी गरिसक्नु पर्ने हुन्छ । नतिरेको अवस्थामा कुनै कर्मचारीले आफ्नो कोषको रकम दावी गरेमा संगठनलाई निश्चित रकम जरिवाना लाग्नेछ ।
प्रतिक्रिया