बैङ्कका कर्मचारीको आनाकानीपछि सामाजिक सुरक्षा कोषको स्पष्टीकरण

५ बर्ष अगाडि

काठमाडौं - बैङ्क तथा वित्तीय संस्था कर्मचारीले सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा आफुले खाइपाई आएको सुविधा घट्ने भन्दै सामाजिक सुरक्षा योजनामा सहभागी हुन आनाकानी गरेपछि यसबारे सामाजिक सुरक्षा कोषले स्पष्टीकरण दिएको छ । 

सामाजिक सुरक्षाबारे भ्रम रहेको भन्दै कोषले विज्ञप्ति नै निकालेर कोषमा आबद्ध हुने कुनै पनि श्रमिकले खाइपाई आएको सेवा सुविधा नघट्ने जनाएको हो । 

​विज्ञप्तिमा भनिएको छ, ‘श्रम ऐनको दफा ५२ मा व्यवस्था गरिएको आधारभूत पारिश्रमिकको २० प्रतिशत ९सञ्चय कोषबापतको रकम०, दफा ५३ मा व्यवस्था भएको न्यूनतम १ वर्ष काम गरे बापत १ महिनाको उपदान, दफा ५४ बमोजिम श्रमिकको १ लाख रुपैयाँ बराबरको औषधोपचार, दफा ५५ बमोजिम दुर्घटना बीमाका लागि बीमाशुल्क बापतको रकम मात्रै सामाजिक सुरक्षामा कोषमा आउने र श्रम ऐनमा श्रमिकले पाइरहेको सुविधा घटाउन नपाइने स्पष्ट व्यवस्था छ ।’ 

श्रम नियमावली २०७५ मा उल्लेख गरिएको अनुसार श्रमिक, कर्मचारीको सेवा सुविधाको सुरक्षाको लागि कानुनी प्रत्याभूति गरिसकेको सन्दर्भमा कोषमा आबद्ध हुँदा खाइपाई आएको सुविधा नघट्ने कोषले स्पष्ट पारेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया