ललिता निवास प्रकरण : ४९ जनाविरुद्ध २१ दिने सूचना जारी !

५ बर्ष अगाडि

भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले  ललिता निवास प्रकरणमा मुछिएका ४९ जनाविरुद्ध २१ दिने सूचना प्रकाशित गरेको छ।  

मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने भए २१ दिनभित्र कारण पेस गर्न आइतबार गोरखापत्रमा सूचना जारी गरेको हो । 

सुचनामा २०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा सूचना दिन जाँदा  घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा सूचना जारी गरेर २१ दिनको समय दिइएको खुलाइएको छ ।

सूचना जारी हुनेमा भाटभटेनी डिपार्टमेन्ट स्टोरमा मालिक मीनबहादुर गुरुङ, उक्त जग्गामा मुख्य विचौलिया रामकुमार सुवेदी, शोभकान्त ढकाल, ढकालकी श्रीमती उमाकुमारी ढकाल, व्यापारी मनोजकुमार केडियालगायत रहेका छन्। 

अब सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा नामसारी हुने सुचनामा उल्लेख छ।  

 

 

 

५ बर्ष अगाडि

प्रतिक्रिया