दुई दर्जन अधिकृतसहित १ सय ८७ सैनिक ‘कोर्टमार्सल’ को फन्दामा

७ बर्ष अगाडि

काठमाडौ – नेपाली सेनाले २०७३–२०७५ मा लिएको भर्ना प्रकृयामा घुस खाएर नयां सैनिक जवान भर्ना गर्ने कार्यामा संलग्न रहेका २३ अधिकृत सहित १८७ जनालाई सैनिक मुख्यालयले बिभिन्न कारवाही गरेको छ ।

सैन्य छनौट प्रकृयामा प्रशिक्षार्थीबाट पैसा लिएर नेपाली सेनाको नियम बिपरित भर्ना प्रकृयामा सामले गराई परीक्षामा उत्तीर्ण गराउने कार्यमा संलग्न रहेका नेपाली सेनाका प्रमुख सेनानी देखि सैनिक जवानसम्मलाई कारवाहीको दायरामा ल्याएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

भर्ना प्रकृयामा अनियमितता भएको खवर सार्वजनिक भएपछि तत्कालिन प्रधान सेनापति राजेन्द्र क्षत्रीले सहायक रथी सीताराम खड्काको अध्यक्षमा कोट अफ इन्क्वायरी गठन गरी छानवीन प्रकृया अगाडि बढाउन निर्देशन दिएका थिए।

सहायकरथी खड्काको अध्यक्षमा गत जेठ ६ गते गठित समितिले २३ अधिकृत सहित १सय ८७ जनालाई कोर्ट मार्सलकालागि सिफारिस गरेको थियो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले गत कार्तिक ६ गते उपरथी सरत गिरीको अध्यक्षमा ९ सदस्यीय जनरल समरी सैनिक अदालत गठन गरेका थिए । उपरथी गिरीको अध्यक्षमा गठित समितिले उक्त काण्डमा संलग्न रहेका २३ अधिकृत सहित १सय ८७ जनाबाट ३ करोड २२ लाख ७५ हजार जरिवाना गरी राजश्वमा जम्मा हुने फैसला गरेको छ ।

सो अदालतले २ जना अन्य दर्जालाई ६ बर्ष कैदको फैसला गर्दै बिगो रकम राजश्वमा दाखिला हुने गरी भविस्यमा सरकारी जागिरमा अयोग्य हुने गरी बर्खास्त गर्ने सिफारिस गरेको छ । त्यस्तै २ अधिकृत र अन्य जर्दाका ६ जनालाई ३५ दिन देखि ३ बर्ष कैद र बिगो बरारबको जरिवाना गर्दै भविष्यमा सरकारी जागिरमा अयोग्य नठहरिने गरी बर्खास्त गर्न सिफारिस गरेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया