१ लाख ३९ हजार सहित ६ जुवाडेलाई पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - दाङमा घोराहीमा एक होटलमा जुवा खेलिरहेको अवस्थामा  एक लाख बढी रकम सहित ६ जुवाडे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका दाङका अनुसार घोराही उपमहानगरपालिका १५ स्थित गौरी दिप होटलमा जुवा खेलिरहेको अवस्थमा गएराती १ लाख ३९ हजार सात सय रुपैयाँ सहित ६ जना जुवाडेलाई पक्राउ गरेका छन्

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ निवासी ४१ वर्षिय सुधिर न्यौपाने , सोही ठाउँ निवासी ३२ वर्षीय सन्तोष पराजुली, ४५ वर्षीय प्रकाश पोख्रेल, २९ वर्षीय भिम खत्री, २४ वर्षीय होमराज रोका र होटल संचालक २९ वर्षीय दिपक थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

उनीहरुको साथबाट एक गद्यी तास, नगद बरामद गरेको प्रहरीले बताएको छ । थप कानुनी प्रकृया अगाडि बढाउने प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया